जेठ ०३, २०८१, बिहीबार
               

मोदी जी-२० शिखर सम्मेलनमा सहभागी हुन  इटाली जाँदै

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी-२० शिखर सम्मेलन र विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन आगामी शुक्रबार त्यसतर्फ जाँदै छन् ।

भारतको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार इटालीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री मोदी आगामी शुक्रबार (२९ अक्टोबर ) देखि मंगलबार ( २ नोभेम्बर) सम्म रोम, इटाली, ग्लासगो र बेलायतमा रहनेछन् ।

शिखर सम्मेलनमा जी–२० सदस्य देशहरू, युरोपेली सङ्घ, र अन्य आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका राष्ट्राध्यक्ष-सरकार प्रमुखहरू पनि सहभागी हुनेछन् ।

जी–२० अन्तरराष्ट्रिय आर्थिक सहयोगका लागि प्रमुख ग्लोबल फोरमको रूपमा उभिएको छ । भारतले २०२३ मा पहिलो पटक जी–२० शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।

इटालियन प्रेसिडेंसीअन्तर्गत आगामी शिखर सम्मेलन ’जनता, पृथ्वी, समृद्धि’ विषयको वरिपरि केन्द्रित रहनेछ । महामारीबाट उन्मुक्ति र विश्वव्यापी स्वास्थ्य व्यवस्थाको सुदृढीकरण, आर्थिक पुनरोत्थान र जलवायु परिवर्तन र ऊर्जा सङ्क्रमण, र दिगो विकास, खाद्य सुरक्षालगायत विषयमा यो सम्मेलनले गम्भीर छलफल गर्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि