बैशाख १४, २०८१, शुक्रबार
               

तालिवानद्वारा महिला खेलाडीको हत्या

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८

ADVERTISEMENT

तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । काबुल नगरपालिका भलिबल क्लबकी खेलाडी महजबिनलाई जिहादीले टाउको काटेर हत्या गरी सामाजिक सञ्जालमा तस्बिर राखेको उनका प्रशिक्षकले पर्सियन इन्डिपेन्डेन्टसँगको एक अन्तर्वार्तामा भनेकी छन् । 

महजबिनलाई तालिवानले अफगानिस्तानको सत्ता पलट गर्नुअघि हत्या गरेको जनाइएको छ । तालिवानले मध्य अगस्टमा काबुल कब्जा गरेका थिए । कतिपयले उनले आत्महत्या गरेको बताएका छन् । सार्वजनिक भएको एक तस्बिर मा उनको घाँटीमा चोट लागेको देखिन्छ । 

जिहादीले उनका परिवारलाई घटना गुपचुप राख्न दबाब दिएका कारण त्यस बारेमा अहिले खुलासा भएको प्रशिक्षकले  बताएकी छिन् । उनको बीभत्स तस्बिर देखेपछि आफूले घटनाबारे खुलासा गर्ने निर्णय गरेको उनका कोचले बताएका छन् । 

घटनापछि भलिबल टिमका सम्पूर्ण साथी र महिला खेलाडी त्रसित बनेको विवरणमा जनाइएको छ । यस्तै, अफगानिस्तानस्थित प्याक इन्भेटिगेटिभ जर्नालिजम सेन्टरले तालिवानले टाउको काटेर हत्या गरेको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि