जेठ ०५, २०८१, शनिबार
               

भारतमा कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८

ADVERTISEMENT

नयाँदिल्ली । भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढाएको छ ।

भारतको केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो । यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ ।

पेन्सनधारीले पाउने महँगी राहत (डीआर) पनि तीन प्रतिशतले बढेको छ । सातौँ केन्द्रीय वेतन आयोगको सिफारिसका आधारमा भत्ता वृद्धि गरिएको हो ।

यसबाट केन्द्र सरकारका करिब ४७ लाख १४ हजार कर्मचारी र  ६८ लाख ६२ हजार पेन्सनधारीले लाभ पाउनेछन् । 


कस्तो लाग्यो ?

यो पनि