बैशाख २४, २०८१, सोमबार
               

द्वन्द्वका कारण यमनमा मृत्यु भएका र घाइते भएका बालबालिकाको सङ्ख्या १० हजारभन्दा बढी

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८

ADVERTISEMENT

यमनमा भएको द्वन्द्वका क्रममा अहिलेसम्म कम्तीमा १० हजार बालकालिकाको मृत्यु भएको र घाइते भएको पाइएको छ ।

गत सातवर्षदेखि जारी द्वन्द्वका क्रममा बालबालिका नै धेरै पीडित भएको विवरण संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले सार्वजनिक गरेको हो ।

यमनमा खटिएको राष्ट्रसङ्घीय मिसनले जेनेभा फर्किएर सार्वजनिक गरेको विवरणमा बालबालिकाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । “सन् २०१५ देखि सुरु भएको द्वन्द्वका कारण यमनमा घाइते भएका र मृत्यु भएका बालबालिकाको सङ्ख्या १० हजारभन्दा बढीरहेको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ । 

राष्ट्रसङ्घीय निकायका एक जना प्रवक्ताले प्रतिवेदनको सारंश प्रस्तुत गर्दै अवस्था चिन्ताजनक हुँदै गएकाले द्वन्द्व अन्त्य गर्न पनि सरोकारवालाहरुलाई आह्वान गरेका छन् । द्वन्द्वबाट पीडित भएकाहरुका लागि सयौँ लाख रुपैयाँ सहयोगको खाँचो रहेकोमा पनि राष्ट्रसङ्घीय अधिकारीहरुले जोड दिएका छन् । 

“प्रत्येक पाँचमध्ये चार बालबालिकालाई मानवीय सहायताको आवश्यकता देखिएको छ, त्यस्ता बालबालिका एक करोड १० लाखभन्दा बढीरहेका छन्,” प्रतिवेदनमा लेखिएको छ । 

द्वन्द्वकै कारण चार लाखभन्दा बढी बालबालिकालाई कुपोषणको समस्या देखिएको छ भने २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि