बैशाख २५, २०८१, मंगलबार
               

चीनले नेपाललाई थप २० लाख डोज खोप दिने

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८

ADVERTISEMENT

चीनले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादमा चिनियाँ विदेशमन्त्री वाङले सो जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिअनुसार कुराकानीमा खड्का र वाङबीच द्वीपक्षिय सम्वन्ध, कोभिड १ विरुद्धको लडाईंमा सहकार्य, सीमा व्यवस्थापन, द्वीपक्षीय व्यापार लगायतका विषयमा छलफल भएका थिए ।

तातापानी र रसूवागढी नाकाबाबाट सामाआपूर्ति बढाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि