बैशाख २६, २०८१, बुधबार
               

केरलामा बाढी र पहिरोमा ११ जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज ३१, २०७८

ADVERTISEMENT

भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेरर ११ जनाको मृत्यु भएको छ । इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ जना हराइरहेका छन् । कोटयाममा ९ जनाको र इडुक्कीमा २ जनाको शब भेटिएको थियो । 

पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई  तीब्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताए ।  बाढी प्रभावित क्षेत्रमा सेना, पनडुब्बी र हवाई फौज परिचालन गरिएको छ । पहिरोले रुख ढाल्दा बिभिन्न ठाँउमा सडक अबरुद्ध भएको छ ।  अझै पनि पानी परिरहेकोले उद्दार कार्य प्रभावित भएको छ । 


कस्तो लाग्यो ?

यो पनि