जेठ ०५, २०८१, शनिबार
               

पछिल्लो पहिरनका कारण किम चर्चामा

नेपाल फ्ल्यास
असोज ३०, २०७८

ADVERTISEMENT

अस्वभाविक अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने उत्तर कोरियाली नेता किम जोङ उन फेरि सञ्चार माध्यममा चर्चामा आएका छन् । यस पटक उनी अभिव्यक्तिभन्दा पनि आफूले लगाएको फेसनका कारण चर्चामा आएका हुन् । 

३७ वर्षीय तानशाह किम आइतबार राजधानी प्योङयाङमा आयोजित एक कार्यक्रममा अस्वभाविक पहिरनमा देखिएका थिए । किमले चप्पल र मोजामाथि सुट लगाएका थिए । कालो सुट र टाइममा सजिएका किमले चप्पल लगाएपछि धेरैको ध्यान उनीप्रति तानिएको थियो । 

उनको पछिल्लो पहिरनले किमको स्वास्थ्यबारे फेरि अड्कलबाजी सुरू भएको छ । उनको खुट्टाको शल्यक्रिया वा गहिरो घाउका कारण जुत्ता लगाउन नमिलेर चप्पल लगाएको हुन सक्ने अनुमान गरिएको छ । 

अस्वभाविक रूपमा मोटा किम पछिल्लो समयमा केही छरितो देखिएका छन् । उनले १० केजी भन्दाबढी तौल घटाएको कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन् । 

उनको स्वास्थ्यबारे विज्ञहरूले बारम्बार चासो दिँदै आएका छन् । अत्यधिक धुमपान गर्ने किम मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् ।  उनका हजुरबुबा र बाबु दुबैको ह्यदघातका कारण मृत्यु भएको थियो । 

सत्तारुढ कोरियाली पार्टीको स्थापना दिवसको अवसरमा सहभागी भएका किमले आफ्नो पार्टी आर्थिक लक्ष्य प्राप्तीका लागि दृढ भएको बताएका थिए । कोरियाले सामान गरेको समस्यासँग जुध्न नेतृत्वपत्तिंm अनुशासित हुनुपर्ने उनको भनाई छ । 


कस्तो लाग्यो ?

यो पनि