चैत ०६, २०८०, मंगलबार
               

दुई वर्षीय बालकको गोली लागेर आमाको मृत्यु

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

आफ्ना दुई वर्षीय सन्तानले अन्जानमा गोली चलाउँदा भएको हत्यामा फ्लोरिडाका एक बाबु शुक्रबार पक्राउ परेका छन् । यही अगस्टमा छोराले गोली चलाउँदै भेओन्द्रे अभेरीकी श्रीमतीको ज्यान गएको थियो । आमा स्यामाया लिन भिडियो कलमा बोलिरहेका बेला ती बालकले गोली राखिएको बन्दुक चलाएका थिए । 

२२ वर्षीय अभेरीलाई हत्या अरोपमा प्रहरीले मुद्दा चलाएको छ । उनले सुरक्षित ढंगले हतियार राख्न नसकेकोसमेत प्रहरीले आरोप लगाएको छ । आरोपितको तर्फबाट कुनै वकिलले बहस गर्न नमानेको जनाइएको छ । 

उनीमाथि लागेको आरोप पुष्टि भएमा अभेरीलाई १५ वर्षसम्म कैद र १० हजार डलर जरिवाना हुन सक्ने जनाइएको छ । प्रहरीका अनुसार ११ अगस्टमा सो बन्दुक दम्पतीको बेडरुमबाट बालकले फेला पारेका थिए । 

बालकले बन्दुक लिएर आमातर्फ बढेको र गोली चलाएका थिए । उनी तत्कालै भुइँमा ढलेकी थिइन् । बालकले गोली चलाउँदा आमा आफ्ना सहकर्मीसँग बोलिरहेकी थिइन् । भिडियोमा नै लिन गोली लागेर ढलेपछि सहकर्मी चकित परेकी थिइन् । दुर्घटनाको समयमा उनका श्रीमान घरबाहिर थिए ।  


कस्तो लाग्यो ?

यो पनि