चैत ०६, २०८०, मंगलबार
               

राष्ट्रसंघद्धारा मालीको शान्ति सम्झौताको स्वागत

नेपाल फ्ल्यास
असोज २७, २०७८

ADVERTISEMENT

संयुक्त राष्ट्रसंघले मालीको शान्ति सम्झौताको स्वागत  गरेको छ । मालीमा यसअघि भएको शान्ति सम्झौता बमोजिम नै यहाँका अधिकारीहरुले थप तयारी गरेका छन् । उक्त सम्झौताप्रति व्यक्त गरेको प्रतिबद्धताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको हो । यहाँका राजनीतिक दलहरुले पनि यस सम्झौता बमोजिम अघि बढ्ने र विद्रोहीहरुलाई यहाँको राष्ट्रिय सेनामा समायोजन गर्ने तयारी गरेका छन् । 

उक्त शान्ति सम्झौता र पछिल्लो समयमा यसबमोजिम गरिएको तयारीको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले स्वागत गरेका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले मंगलबार सो कुराको जानकारी दिएको हो । 

महासचिव गुटेर्रेसले मालीका राजनीतिक दल, त्यहाँको सरकार र विद्रोही पक्षबाट पनि सो सम्झौताबमोजिम अघि बढ्ने पुनः प्रतिबद्धता आएकाले त्यसको स्वागत गर्नुभएको प्रवक्ता डुजारिकले एक विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । 

मालीको सरकारले त्यहाँका पूर्व लडाकूहरुलाई करिब १३ हजार जनालाई यसै वर्षको अन्त्यसम्ममा सरकारमा पुनर्स्थापना गर्ने र बाँकी १३ हजार जनालाई अर्को वर्षसम्म गर्नेगरी सम्झौता गरेका छन् ।मालीमा विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी छ । सो विद्रोहले कैयौँ मानिसको ज्यान पनि गएको छ ।


कस्तो लाग्यो ?

यो पनि