चैत १६, २०८०, शुक्रबार
               

अफगान संकट समाधान गर्ने जी २० का नेताहरुको प्रतिबद्धता

नेपाल फ्ल्यास
असोज २७, २०७८

ADVERTISEMENT

विश्वका ठूलो अर्थतन्त्र भएका देशहरुको समूह जी २० का नेताहरूले अफगानिस्तानको उथलपुथलबारे चासो देखाउदै त्यहाँको आर्थिक तथा मानवीय संकट समाधानका लागि प्रतिबद्धता जनाएका छन् । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसको आव्हानमा  आयोजना भएको भर्चुअल वैठकमा जी२० का नेताहरूले प्रतिबद्धता जनाएका हुन् । 
वैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्तर्राष्ट्रिय समुदायले सोझै अफगान नागरिकलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए । सहायता कार्यक्रममा तालिवानको आवश्यक नपर्ने उनको भनाई थियो । 

तर, इटालीका प्रधानमन्त्री मारिओ ड्रगीले तालिवानको संलग्नताबिना अफगान नागरिकहरूलाई सहयोग गर्न कठिन हुने बताए ।
त्यस्तै, जर्मन चान्सलर एन्जिला मर्केलले अफगान संकट लामो समयसम्म लम्बिन नहुने बताउँदै समस्या समाधानका लागि जी देशका नेताहरुले ठोस कदम चाल्नुपर्ने बताएकी थिइन् । 

चाँडै नै जर्मन राजीतिबाट बिदा लिदै गरेकी मर्केलले जर्मनीले ६० करोड युरो उपलब्ध गराउने यसअघिको प्रतिबद्धतालाई पुनः दोहोराएकी थिइन् ।
अफगानिस्तानको सिंगो अर्थतन्त्र नै कोल्याप्स भएको उनको भनाई थियो । बैठकले तालिवानलाई अतिवादी संजालसँगको सम्बन्ध तोड्न समेत आग्रह गरेको छ । 
यसअघि, युरोपेली आयोगकी प्रमुख उर्जुला एफडी लयनले अफगानिस्तानलाई एक अर्ब युरो उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि