बैशाख २३, २०८१, आइतबार
               

अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेनाको अवधारणा आएको हो : किम जोङ उन

नेपाल फ्ल्यास
असोज २७, २०७८

ADVERTISEMENT

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी शत्रुतापूर्ण नीतिविरुद्ध अजय सेना विकास गर्न लागिएको बताएका छन् । तर, यस्तो सेना हतियार विकासभन्दा पनि आफ्नो देशको सुरक्षामा केन्द्रीत हुने उनले बताएका छन् । ‘हामी कुनै देशसँग युद्ध गर्दैनौं, बरु युद्ध रोक्न र राष्ट्रिय सार्वभौमसत्ता जोगाउनका लागि काम गरिरहेका छौं,’ उनले भने ।

मंगलबार राजधानी प्योङयाङमा आयोजित आत्मसुरक्षा सम्बन्धी २०२१ सैन्य प्रदर्शनीमा किमले अजय सेना घोषणा गरेका थिए । यसअघि उत्तरले आवाजभन्दा पनि चाँडो पुग्ने हाईपरसेनिक र शत्रुको विमान झार्न सक्ने क्षेप्यास्त्र विकास गरेको जनाएको थियो । उत्तरको विकासले छिमेकी दक्षिण कोरिया र जापानले आपत्ति जनाएका थिए ।

छिमेकी मुलुकसँग उत्तरले युद्ध नगर्ने उनले बताए । तर, उनले अमेरिकाको भने चर्को आलोचना गरे । अमेरिकाले प्योङयाङसँग वार्ता गर्नका लागि आफूमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने उनको भनाइ थियो ।


कस्तो लाग्यो ?

यो पनि