कात्तिक ३०, २०८१, शुक्रबार
               

ब्राजिलका राष्ट्रपतिलाई घरेलु खेल मैदानमै प्रतिबन्ध

नेपाल फ्ल्यास
असोज २५, २०७८

ADVERTISEMENT

खोप नलगाएकै कारण ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई फुटबल खेल हेर्न प्रतिवन्ध लगाइएको छ । ब्राजिलको घरेलु टिम सान्तोस र ग्रिमिओ फुटबल क्लब बीच घरेलु मैदानमा भइरहेको क्लब स्तरीय  खेल हेर्न राष्ट्रपतिलाई रोक लगाइएको हो । खोप नलगाएका व्यक्तिहरुलाई खेल हेर्न क्लबले अनुमति नदिएपछि राष्ट्रपति समस्यामा परेका हुन् । 

‘मैले फुटबल हेर्न खोजे । त्यहीबेला उनीहरूले मलाई खोप लगाएको हो भनेर सोधे,’ बोल्सोनारोले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्र्दै भनेका छन् । ‘फुटबल हेर्न किन खोप लगाउनु पर्‍याे?’ उनले प्रश्न गरेका छन् । 

बोल्सोनारोले अहिलेसम्म कोभिड खोप लगाउन मानेका छैनन् र अरुलाई पनि नलगाउन दुत्साहन गर्दै आएका छन् । कोभिड संक्रमणलाई उनले जहिले पनि हल्का ढंगले टिप्पणी गर्दै आएका छन् । आफ्नो शरीरमा पर्याप्त एन्टीबडी भएकोले खोप लगाउन आवश्यक नभएको उनले बताउँदै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि