असोज ०६, २०८१, आइतबार
               

भ्रष्टाचार आरोपी अष्ट्रियाका चान्सलरले दिए राजीनामा

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

काठमाडौं । अष्ट्रियाका भ्रष्टाचारमा मुछिएका चान्सलर सेबस्टियन कुर्जले राजीनामा दिएका छन् ।

भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको कुर्जले बताएका छन् । उनले आफ्नो स्थानमा विदेशमन्त्री एलेक्जेन्डर स्कालेन्वर्गलाई कार्यभार सुम्पिन प्रस्ताव गरेका छन् ।

कुर्जको ओभीपी पिपुल्स पार्टीसँग जोडिएको भ्रष्टाचारको मुद्दामा छापा मार्ने क्रममा कुर्ज र अन्य नौ जना अधिकारीहरु अहिले अनुसन्धानको क्रममा छन् । कुर्जले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन् । कुर्जले सरकारको राम्रो समाचार मात्र बनाउन एक ट्याबलेट पत्रिकालाई प्रयोग गरेको आरोप छ ।

कुर्जको पार्टीसँग गठबन्धन गरेको ग्रिन पार्टीले कुर्ज चान्सलर पदको लागि उपयुक्त नरहेको बताएको छ । उसले आगामी साता चान्सलरविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चेतावनी पनि दिएको थियो ।उसले विपक्षी पार्टीसँग नयाँ सरकारको विषयमा पनि वार्ता सुरु गरेको थियो । तर, कुर्जले राजीनामा दिएसँगै ग्रिन पार्टीले विदेशमन्त्रीसँग सहकार्य गरेर अघि बढ्न सकिने बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि