बैशाख २३, २०८१, आइतबार
               

पाकिस्तानमा भूकम्पः २० को मृत्यु

नेपाल फ्ल्यास
असोज २१, २०७८

ADVERTISEMENT

पाकिस्तानमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बिहीबार बिहान गएको सो भूकम्पमा २०० भन्दा बढी घाईते भएका छन् । ५ दशमलब ७ रेक्टर स्केलको सो भूकम्पका कारण बलोचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित छ । 

भूकम्पपछि विद्युतीय आपूर्ति बन्द हँुदा सो प्रान्तका केही अस्पतालसमेत प्रभावित छन् । हार्नी सहरमा सडक भत्किएका छन, विद्युत आपूर्ति अबरुद्ध भएको छ र मोवाईलको नेर्टवर्किङमा  समस्या देखिएको छ । 

भूकम्पछि घर तथा छाना भत्किदा मानिसहरु फँसेका थिए ।  भुकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केका थिए । भूकम्पमा अहिलेसम्म २० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ,’ बलोचिस्तानका गृहमन्त्री मिर जीया उल्लाहले भने । मृत्यु हुनेमा एक महिला र ६ बालबालिका छन् । 


कस्तो लाग्यो ?

यो पनि