बैशाख २०, २०८१, बिहीबार
               

फिजियोलोजी र मेडिसिनतर्फको नोबेल पुरस्कार डेबिड र आर्डमलाई

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

२०२१ को फिजियोलोजी र मेडिसिनतर्फको नोबेल पुरस्कार डेबिड जुलियस र आर्डम पाटापौटियनले प्राप्त गर्ने भएका छन् ।

डेबिड र आर्डमले तापमान र स्पर्शबारे गरेको रिसेप्टर्सको खोजलाई यस पटकको नोबेल पुरस्कारले सम्मान गर्ने भएको हो । प्रकाश, तापक्रम तथा बाह्य उत्तेजनाको प्रतिक्रिया जनाउँदै प्राप्त सिग्नललाई संवेदी प्रणालीमा प्रसारण गर्न मद्धत पुर्‍याउने आर्गनबारे खोज गरेका छन् ।

संयुक्त राज्य अमेरिकाका यी वैज्ञानिकको अनुसन्धानले मानव शरीरले स्नायुको माध्यमबाट ताप, चिसो तथा स्पर्शलाई कसरी ग्रहण गर्छन् भन्ने खोज देखाएको छ ।  

गर्मी र जाडो दुवै मौसममा मानव शरीरको स्पर्श क्षमता जीवित रहन आवश्यक हुन्छ । यो कुरालाई मानिसले सामान्य रुपमा लिने गरेको पाइन्छ । तर हाम्रो स्नायु तन्त्रिकालाई कसरी सक्रिय बनाउने भन्ने तरिका डेबिड र आर्डमले पत्ता लगाएका छन् ।

यस खोजले फिजियोलोजी तथा विभिन्न किसिमका रोगहरुको अनुसन्धानमा मद्दत पुग्ने विश्वास गरिएको छ । यस वर्षको नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल कमिटीले आठ अक्टोबरमा घोषणा गर्दैछ भने अवार्ड वितरण १० डिसेम्बरमा हुँदैछ ।


कस्तो लाग्यो ?

यो पनि