जेठ ०४, २०८१, शुक्रबार
               

काबुलमा आज फेरि बम विस्फोट

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलस्थित ईदगाह मस्जिदअगाडि भएको विस्फोटमा कैयौं नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

कैयौं घाइते हुनेगरी भएको घटनाको जिम्मेवारी हालसम्म कुनै संगठनले लिएको छैन । यद्यपि इस्लामिक स्टेटले गरेको आशंका गरिएको छ । घाइतेहरूलाई काबुलका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।  

तालिबानका प्रवक्ता जबीउल्लाहह मुजाहिदले ट्विटरमार्फत मस्जिदको गेटबाहिर विस्फोट भएको पुष्टि गरेका छन् । प्रत्यक्षदर्शीले विस्फोटपछि गोली चलेको उल्लेख गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि