बैशाख १३, २०८१, बिहीबार
               

कतारमा पहिलोपटक विधायन छान्न निर्वाचन

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

कतारमा पहिलोपटक विधायक छान्न निर्वाचन भएको छ । निर्वाचनमा करिब ६४ प्रतिशतले मतदान गरेका छन् । ४५ सदस्यीय सुरा काउन्सिलमध्ये ३० सदस्यका लागि निर्वाचन भएको हो ।

काउन्सिलका बाँकी १५ जना सदस्य कतारका अमिरले नियुक्त गर्नेछन् । कूल  दुई सय ३३ उम्मेदवारमध्ये २६ महिलाले चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

सुरा काउन्सिलले देशको कानुन बनाउने तथा बजेट अनुमोदन गर्ने गर्छ । आर्थिक लगानी,  प्रतिरक्षा र सुरक्षासम्बन्धी नीतिमा भने काउन्सिलले सुझाव  दिन सक्दैन ।

निर्वाचनमा महिला र पुरुषका लागि अलग अलग बुथको व्यवस्था गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि