जेठ ०७, २०८१, सोमबार
               

गान्धी जयन्तीमा प्रधानमन्त्री मोदीद्वारा श्रद्धा व्यक्त

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धी जयन्तीको अवसरमा शनिबार महात्मा गान्धीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका गरेका छन् । 

नयाँ दिल्लीको गान्धी स्मृतिमा ‘राष्ट्रपिता’ को सम्मानमा आयोजना गरिएको प्रार्थना सभामा प्रधानमन्त्री मोदी उपस्थित हुनुभई उनको तस्बीरमा फूलमाला तथा अवीर चढाएर श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । कार्यक्रममा भारतका उपराष्ट्रपति भेणकैया नायडू पनि उपस्थित भएको थियो । 

सन् १८६९ अक्टोबर २ मा गुजरातको पोर्बन्दर शहरमा जन्मिएका महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) ले अहिंसात्मक प्रतिरोध अपनाएर औपनिवेशिक बेलायती शासनविरुद्धको स्वतन्त्रता संघर्षको अग्रपंक्तिमा रहेर नेतृत्व गरेको थियो ।  

गान्धीकै नेतृत्वमा सन् १९४७ मा भारतले आफ्नो स्वतन्त्रता प्राप्त गर्न सम्भव भएको थियो । बापू भनेर चिनिने उहाँको ‘स्वराज’ (स्वशासन) र ‘अहिंसा’ प्रतिको अटल विश्वासले उनलाई विश्वभर प्रशंसा प्राप्त मिलेको थियो ।  उहाँको भौतिक रूप नरहेपनि उहाँको कामले उहाँ अमर रहनुभएको छ । 

विश्वव्यापी रुपमा गान्धीको जन्म जयन्तीलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइएको छ । यस अवसरलाई चिनाउन भारत र विश्वभरि थुप्रै कार्यक्रमहरू आयोजना गरिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि