जेठ ०१, २०८१, मंगलबार
               

महिलाले पिसाव फेरेको भिडियो पोर्न साइटमा : पीडितको मुद्दा न्यायाधीशद्वारा खारेज

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

वार्सिलोना । स्पेनमा महिला अधिकारवादी समूहको तर्फबाट दायर भएको एउटा मुद्दा त्यहाँको अदालतले खारेज गरिदिएको छ । 

महिला सार्वजनिक स्थलमा सामूहिक रूपमा पिसाव फेर्न जाँदा गोप्य ढंगले खिचिएको तस्विर र भिडियो दुरूपयोग भएपछि अधिकारकर्मीले दायर गरेको मुद्दा न्यायाधीशले खारेज गरिदिएका हुन् । 

शौचालय अभावमा ८० महिला र किशोरीले सार्वजनिक स्थलमा पिसाव गरेको दृश्यलाई गोप्य भिडियो खिचिएको थियो । स्पेनको पश्चिमी सहर सेर्भोको स्थानीय मेला ए मारूसियानमा लुकाइएका क्यामेराबाटे भिडियो खिचिएको थियो ।

क्लोज अप गरिएको भिडियोमा महिलाको गुप्तांग र अनुहार देखिन्छ । भिडियोलाई एउटा व्यवसायिक पोर्न वेबसाइटमा राखिएको थियो ।

आफ्नो भिडियो देखेपछि अधिकांश महिलाले दोषीलाई कारबाहीको माग गर्दै सन् २०२० मा त्यहाँको एउटा अदालतमा मुद्दा दायर गरेका थिए । आफ्नो गोपनियताको अधिकार उल्लंघन भएको र त्यसबारे छानबिन गर्न उनीहरूले माग गरेका थिए । 

तर, वुमन फर इक्विालिटी व्युरोले गरेको मुद्दा न्यायाधीश पाब्लो मुनोज भाजक्युजले खारेज गरिदिएका हुन् । आफ्नो प्रारम्भिक फैसलामा न्यायाधीशले सार्वजनिक स्थलमा भिडियो रेकर्ड भएकोले त्यसलाई अपराध मान्न नसकिने बताएका छन् । 

भिडियोमा महिलाको शारीरिक तथा नैतिक मर्दन गर्ने कुनै आशय नदेखिएको फैसलामा उल्लेख छ । अदालतको फैसला डरलाग्दो भएको पीडितमध्येकी एक महिला जेनिफरले बताइन् ।

 भिडियोलाई पोर्न साइटमा अपलोड गरिएको साथीले सुनाएपछि आफू बिक्षिप्त भएको उनले बताइन् । भिडियो देख्दा आफू लज्जित र आत्मग्लानी भएको अन्य पीडितको गुनासो छ ।

भिडियो सार्वजनिक भएपछि जेनिफरजस्तै अन्य पीडितले मनोवैज्ञानिक परामर्श लिएका थिए । अदालतको फैसलाले उनीहरूलाई झन पीडा थपिदिएको छ । 


कस्तो लाग्यो ?

यो पनि