बैशाख २२, २०८१, शनिबार
               

अन्ततः भारतीय कांग्रेसमा प्रवेश गरे कन्हैया कुमार

एजेन्सी
असोज १२, २०७८

ADVERTISEMENT

विद्यार्थी आन्दोलनबाट उदाएर कम्युनिष्ट नेताको पहिचान बनाएका कन्हैया कुमार भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको उपस्थितमा दिल्लीस्थित पार्टी मुख्यालयमा कन्हैयालाई कांग्रेसमा स्वागत गरियो ।

कांग्रेसको सदस्यता लिएपछि कन्हैयाले देशलाई बचाउनका लागि यो पार्टीमा सामेल भएको बताए ।

कांग्रेसले मात्रै महात्मा गान्धी र भगत सिंहको सपना बचाउन सक्ने उनको दाबी छ । 

उनले भने, ‘तपाईं आफ्नो दुश्मनको चुनाव गर्नुहोस्, मित्र आफैं बन्नेछन् । मैले देशको सबैभन्दा लोकतान्त्रिक पार्टीमा यसकारण सामिल हुन चाहे कि यदि कांग्रेस नै बचेन भने देश बच्ने छैन ।’

कन्हैया सन् २०१९ को लोकसभा चुनावमा कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई) बाट बिहारको बेगुसरायमा उम्मेदवार बनेका थिए । 

सीपीआईका नेताहरुले भने कन्हैयालाई ‘अवसरवादी’को संज्ञा दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि