बैशाख २१, २०८१, शुक्रबार
               

अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्वराष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो । 

पूर्वप्रधानमन्त्री अहमद ओयुयाहीयालाई ६ वर्ष र अर्का पूर्वप्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच बर्ष जेल बस्नुपर्ने भनिएको छ ।उनीहरुलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको लगायतका मुद्दा लगाइएको समाचारमा जनाइएको छ ।सरकारी अधिकारीहरुका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई मुख्य मुद्दा बनाइएको छ । 

भवन बनाउने काममा प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै पाँच बर्षको जेल सजाय तोकिएको छ । उनलाई भवन बनाउने क्रममा अनियमितता गरेर राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप लगाइएको छ । पूर्वप्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा पटकपटक गरेर चार पटक प्रधानमन्त्री बनेका थिए । 

त्यसैगरी अर्का पूर्वप्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गरेका थिए । उनी बौटेफ्लीकाको चार ओटै निर्वाचनको मुख्य व्यवस्थापक थिए । तत्कालिन राष्ट्रपति बौटेफ्लीकले गत सन् २०१९ मा राजीनामा दिएको थियो । हप्तौँको आम नागरिकको आन्दोलन र सेनाको दवावका कारण उनले राजीनामा दिनु परेको थियो । उनले यही सेप्टेम्बर महिनामा ८४ बर्षको उमेरमा निधन भएको छ । 


कस्तो लाग्यो ?

यो पनि