बैशाख २४, २०८१, सोमबार
               

उत्तर कोरियाले जापानको समुन्द्रमा फेरि मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दाबी

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

एजेन्सी । उत्तर कोरियाले जापानको समुन्द्र ‘ईस्ट सी’ मा मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ । सोमबार उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक रहेको बताएको थियो । यसलगत्तै उत्तर कोरियाले म‌ंगलबार बिहान मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।

यसअघि, दक्षिण कोरियाली सेनाले यसअघि पनि उत्तर कोरियाले जापानको समुन्द्रमा नयाँ क्रुज र ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको थियो । जापानी सञ्चार माध्यमले रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै उक्त ब्यालिस्टिक मिसाइल संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएको मिसाइल भएको बताएका छन् ।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले यस घटनामाथि अमेरिकी अधिकारीहरुले अनुसन्धान गरिरहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि