बैशाख २२, २०८१, शनिबार
               

अफगानिस्तानका पूर्वराष्ट्रपतिको फेसबुक ह्याक

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

अफगानस्तिानका पूर्वराष्ट्रपति अशरफ घानीको फेसबुक अकाउन्ट ह्याक भएको छ ।

घानीले आधिकारिक ट्वीटर ह्याण्डलबाट आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको जनाइएको छ । अफगानिस्तानमा तालिबान कब्जा गरेको बेलामा घानीको फेसबुक ह्याक हुनुलाई महत्त्वका साथ हेरिएको छ ।

फेसबुकमा पेजमा आइतबार साँझदेखि गरिएका पोस्टहरूको जिम्मेवारी आफूले नलिने र आफूहरू फेसबुकलाई ह्याकरबाट आफ्नो पक्षमा ल्याउन लागी परेको ट्वीटमार्फत जानकारी गराएका छन् ।

१५ अगस्ट २०२१ मा तालिबानले राजधानी काबुल कब्जा गरेपछि घानी देश छोडेर युएई गएका छन् । अहिले पनि उनी युएईमै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि