बैशाख २१, २०८१, शुक्रबार
               

चीनको सिचुवानमा पहिरोमा परी दुईको मृत्यु, १२ जना बेपत्ता

नेपाल फ्ल्यास
असोज १०, २०७८

सांकेतिक
ADVERTISEMENT

चीनको सिचुआन प्रान्तको दक्षिणपश्चिम क्षेत्रमा टियानक्वान काउन्टीमा भारी वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १२ जना हराइरहेका भएका स्थानीय अधिकारीहरूले आइतबार जानकारी गराएका छन् ।

बिहानै गएको पहिरोमा कम्तीमा ६२ जना फसेकोमा साँझ ५ बजेसम्ममा दुई मृत शरीरसहित ५० जनालाई घटनास्थलबाट निकालिएको छ । घाइते अवस्थामा उद्धार गरिएका सबैजनालाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

तियानक्वान काउन्टीको प्रशासनिक केन्द्र याआन शहरको आकस्मिक व्यवस्थापन ब्यूराका अनुसार हराइरहेका नागरिकको खोजीका लागि कम्तीमा ७०० उद्धार अधिकारी र ७० भन्दा बढी गाडीहरू घटनास्थलमा पठाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि