मंसिर ०७, २०८१, शुक्रबार
               

जर्मनीमा आज चुनाव, मर्केलको बिदाइ

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

एजेन्सी । जर्मनीमा आइतबार आमनिर्वाचन हुँदैछ । सन् २००५ पछि लगातार १६ वर्षसम्म जर्मनीकी चान्सलर बनेकी एन्जेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हुँदैछिन् । 

मर्केलको उत्तराधिकारी छान्ने भएकाले यो चुनाव युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीका लागि एक अर्को युगको सुरूवात हुने समाचार संस्था रोयटर्सले जनाएको छ । ६७ वर्षीया मर्केलले यसअघि नै यो चुनावमा आफू नलड्ने बताएकी थिइन्।

जर्मनीको चान्सलरका लागि अहिले तीन जना उम्मेदवारले दाबी प्रस्तुत गरेका छन् । मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर बन्ने दौडमा छन्।

उनीहरूबीच कडा प्रतिष्पर्धा हुने र कुनै पनि दलले संसदको तल्लो सदन बुन्डेस्ट्यागमा एकल बहुमत ल्याउन नसक्ने विभिन्न सर्वेक्षणहरूले देखाएका छन्। कुनै पनि दलले बहुमत नल्याए  गठबन्धन सरकार बनाउनुपर्ने हुन्छ । त्यसका लागि केही महिना मर्केलले नै जर्मनीको काम चलाउ चान्सलर भएर काम गर्नुपर्ने हुन सक्छ ।

८ करोड ३० लाख जनसंख्या भएको जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन् । जर्मनीमा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ ।


कस्तो लाग्यो ?

यो पनि