बैशाख २२, २०८१, शनिबार
               

भारतको एक अदालतभित्र गोली चल्दा तीन मारिए

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

भारतको दिल्लीस्थित रोहिणी अदालतमा गोली चल्दा तीन जना मारिएका छन् । घटनामा ग्याङस्टार जितेन्दर गोगीसहित तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतमा एक न्यायाधीश र अन्य अधिकारीहरुसमेत भएकै बेला शुक्रबार दिउँसो गोली चलेको थियो । गोली प्रहार गर्नेहरु वकिलको पहिरनमा अदालत प्रवेश गरेका थिए ।

सुरक्षाकर्मीको गोली प्रहारबाट बन्दुकधारी मारिनुअघि गोगीमाथि तीन पटकसम्म गोली प्रहार भएको सार्वजनिक भएको भिडियोमा देखिन्छ । घटनापछि अस्पतालमा गोगीको मृत्युको घोषणा गरिएको थियो । घटनामा अरु थुप्रै घाइते भएका छन् । उनीहरुको अहिले अस्पतालमा उपचार भएको बताइएको छ । 

शुक्रबार गोगीलाई अदालत उपस्थित गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । बन्दुकधारी समूहले गोगीको हत्या गरेलगत्तै प्रहरीले चलाएको गोली लागी दुई जना मारिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि