बैशाख १२, २०८१, बुधबार
               

सार्कका परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता यो वर्ष रद्ध

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा हुने दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता यस वर्ष नहुने भएको छ ।

सो वार्तामा अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा बैठक नहुने भएको छ । सेप्टेम्बर २५ मा वार्ताको मिति तय भएपनि अहिलेलाई रद्ध गरिएको आयोजक मुलुक नेपालले अन्य मुलुकलाई जानकारी गराएको छ ।

काठमाडौंस्थित सार्क सचिवालयले सबै मुलुकलाई बैठक रद्ध गरिएको जानकारी गराइसकेको स्रोतले बतायो । हरेक वर्ष हुने सो बैठक सार्कलाई अगाडि बढाउने सम्बन्धमा छलफल हुने गर्दथ्यो ।


कस्तो लाग्यो ?

यो पनि