बैशाख ०८, २०८१, शनिबार
               

काबुलका मेयरले भने, महिला कर्मचारी कार्यलय नजानु

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

काबुल । अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् ।

मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला कर्मचारीलाई कार्यलय नजान निर्देशन दिएका हुन् । काबुल महानगरका कूल तीन हजार कर्मचारीमध्ये एकतिहाई महिला छन् । 

कट्टर मुस्लिम सरकारले अफगान महिलामाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । सन् १९९० को दशकमा सत्तामा रहँदा तालिवानले महिलालाई विद्यालय जान र कार्यलयमा काम गर्न प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी सेनाको फिर्तीसँग गत महिना अफगान सत्ता कब्जा गरेका तालिवानले महिलाको अधिकार ‘मुस्लिम कानूनको ढाँचाभित्र रहेर’ सम्मान गरिने जनाएको छ । 

सत्ता कब्जा गरेपछि तालिवानले सुरक्षा अवस्था सुधार नहुन्जेल महिलालाई घरमै बस्न निर्देशन दिएको छ । सरकारको विरोधमा उत्रिएका महिला प्रदर्शनकारीलाई तालिवान लडाकूले निर्घात कुटेका छन् ।

नयाँ सरकारमा महिलालाई स्थान दिइएको छैन् । महिला मन्त्रालय खारेज गरेर त्यसको ठाँउमा इस्लाम धार्मिक सिद्धान्तसम्बन्धी विभाग गठन गरिएको  छ । 

यो साता अफगानिस्तानका माध्यामिक विद्यालय खुले पनि महिला विद्यालय बन्द छन् । तालिवानले महिला विद्यालय चाँडै खोल्ने बताए पनि यसवारे धेरैले आशंका गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि