जेठ ०६, २०८१, आइतबार
               

अन्तरिक्षमा अन्सन्धान गरेर पृथ्वीमा फर्के अन्तरिक्षयात्रीहरु

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । पाँच दिनको अन्तरिक्षको भ्रमण सकेर अन्तरिक्षयात्रीहरु पृथ्वीमा फर्किएका छन् । उनीहरू अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको बीबीसीले जनाएको छ ।

उनीहरु चढेको स्पेस एक्स क्याप्सुलको इनस्पिरेशन ४ मिसनअन्तर्गत पहिलो पटक साधारण नागरिकलाई अन्तरिक्षमा पठाइएको थियो । अर्बपति व्यवसायी जेयर्ड आइज्याकम्यानको नेतृत्वमा फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इञ्जिनियर क्रिस सेम्ब्रोस्की र जियोलोजिस्ट सियान प्रोक्टर अन्तरिक्षमा गएका थिए ।

गएको बुधवार उनीहरु पृथ्वीबाट उडेका थिए । अन्तरिक्ष पर्यटन बजारका लागि यो यात्रा कोशेढुङ्गा हुने मानिएको छ ।


कस्तो लाग्यो ?

यो पनि