जेठ ०६, २०८१, आइतबार
               

उत्तर कोरियाले परीक्षण गरेको केही समयमै दक्षिण कोरियाद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

उत्तर कोरिया र दक्षिण कोरियाले केही घण्टाको अन्तरालमा नै ब्यालेस्टिक मिसाइलको परीक्षण गरेका छन् । ब्यालेस्टिक मिसाइलको यो परीक्षणका साथै प्रायद्वीपमा हतियारको विषयमा चलेको होडबाजीले तीब्रता पाएको छ ।

उत्तर कोरियाले आफ्नो पूर्वी तटमा दुई ब्यालेस्टिक मिसाइल दागेको छ । पछिल्लो ६ महिनामा मिसाइल परीक्षणको यो पहिलो मामिला हो र साथै यो संयुक्त राष्ट्रको प्रस्तावको उल्लंघन पनि हो ।

यसअघि दक्षिण कोरिया र चीनले उत्तर कोरियाको परमाणु विषयमाथि चर्चा पनि गरेका थिए । यो मिसाइल परीक्षणलाई यो वार्तासँग जोडेर पनि हेरिएको छ ।

उत्तर कोरियाको परीक्षणको केही घण्टा पछि नै दक्षिण कोरियाले पनि आफ्नो पहिलो पनडुब्बी–प्रक्षेपित ब्यालेस्टिक मिसाइलको परीक्षण गर्यो ।


कस्तो लाग्यो ?

यो पनि