बैशाख २४, २०८१, सोमबार
               

उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । उत्तर कोरियाले जापानका अधिकांश भूभागमा मार हान्नसक्ने नयाँ लामो दूरीको मिसाइल परीक्षण गरेको छ । त्यहाँको सरकारी न्युज एजेन्सी केएनसीएले सोमबार यसबारे जानकारी दिएको हो ।

सप्ताहन्तभर चलेको परीक्षणका क्रममा मिसाइल्सहरू १५ सय किलोमिटर परसम्म पुगेको समाचारमा जनाइएको छ ।

उत्तर कोरियामाथि विगतमा कडा नाकाबन्दी लगाउने गरी राष्ट्रसंघबाट संकल्प प्रस्ताव पास भएको थियो । खाद्यान्न संकट र आर्थिक समस्याका बाबजुद उत्तरसँग हतियार विकास गर्नसक्ने क्षमता कायम छ भन्ने यस परीक्षणले देखाएको छ ।


कस्तो लाग्यो ?

यो पनि