बैशाख १३, २०८१, बिहीबार
               

तालिबानद्वारा अफगानिस्तानका पूर्वउपराष्ट्रपतिका भाइको हत्या

नेपाल फ्ल्यास
भदौ २६, २०७८

ADVERTISEMENT

तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइ रोहुल्ला अजिजीको हत्या गरेकाे समाचार संस्था रोयटर्स जनाएकाे छ ।

सालेहका भतिजाले एउटा सन्देश पठाएर अजिजीको हत्या भएको जानकारी दिएका हुन् । रोयटर्सलाई पठाएको सन्देशमा उनले भनेका छन्, ‘तालिबानले हिजो उनको हत्या गरेका छन् । उनीहरुले हामीलाई अन्तिम संस्कार गर्न पनि दिएका छैन्न । उनीहरूले शव त्यसै सडोस् भनेका छन् ।’

 तालिबानले भने पंजशीर उपत्यका पूर्ण रूपमा कब्जामा लिएपछि सालेह भागेको दाबी गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि