जेठ ०५, २०८१, शनिबार
               

भारतकी मन्त्री लेखी पोर्चुगल र स्पेन जाने

नेपाल फ्ल्यास
भदौ २६, २०७८

ADVERTISEMENT

भारतकी केन्द्रीय विदेश मामिला राज्य मन्त्री मिनाक्षी लेखी औपचारिक भ्रमणका लागि पोर्चुगल र स्पेन जाने भएकी छन् ।

उनी यही सेप्टेम्बर १२ देखि १७ तारिखसम्म उक्त दुई देशको भ्रमण गर्नु हुने भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  
सुरुमा उनले सेप्टेम्बर १२ देखि १४ सम्म पोर्चुगलको भ्रमण गर्ने भ्रमण तालिका तय भएको छ । 

पोर्चुगलमा रहँदा उनले विदेशमन्त्री लगायत उच्चस्तरीय सरकारी अधिकारीहरूसँग भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गर्नुहुने जनाइएको छ । सो अवसरमा भारतीय नागरिकलाई पोर्चुगलमा काम गर्न दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने तय भएको छ । 
त्यसैगरी सेप्टेम्बर १५ देखि १७ सम्म उहाँले स्पेनको भ्रमण गर्नुहुने छ।


कस्तो लाग्यो ?

यो पनि