बैशाख ३१, २०८१, सोमबार
               

जाे बाइडेन र सी जिनपिङबीच फोनवार्ता

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी जिनपिङबीच फोनमा कुराकानी भएकाे छ । जो बाइडन राष्ट्रपति भएपछि चिनियाँ समकक्षी सी जिनपिङसँग यसरी फोन गरेको सात महिनापछि यो दोस्रो पटक भएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय व्यापार, महामारी र जासुसीको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव सिर्जना भएको छ । यही तनावको बीच दुई देशका राष्ट्रप्रमुखबीचको सम्वादलाई सकारात्मक ढंगले हेरिएको छ ।

अमेरिकाको हितमा हुने गरि विभिन्न क्षेत्रका रणनीतिक विषयमा छलफल भएको ह्वाइटहाउसको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । यस्तै, राष्ट्रपति बाइडेनले पनि दुई देशबीचको प्रतिस्पर्धालाई जिम्मेवार ढंगले अगाडि लैजान यो सम्वाद महत्वपूर्ण रहेको बताएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि