जेठ ०५, २०८१, शनिबार
               

विश्वका विभिन्न मुलुकका नागरिकलाई काबुलबाट बाहिरिन तालिवानको अनुमति

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

कतार । अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब २०० जनालाई फिर्ता हुन तालिवानले अनुमति दिएको छ । 

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार अफगानिस्तानमा फसेका अमेरिकीहरुलाई उद्धार गर्न र त्यहाँबाट निकाल्न विदेशमन्त्री एन्टोनी ब्लिङ्केन कतारको दोहामा रहेका छन् ।

तालिवानले उनीहरुलाई बाहिर जान दिए पछि अफगानिस्तानबाट कतारको उडानमार्फत् उनीहरू कतार जाने काबुल विमानस्थल स्रोतले जानकारी गराएको हो । 

अफगानिस्तानबाट बाहिरिनेमा करिव २०० जना अमेरिकी रहेको बताइएको छ । अफगानिस्तान तालिबानले नियन्त्रण गरे पछि गत अगस्त ३१ सम्म अमेरिकी सेनासहित उनीहरूलाई सहयोग गर्दै आएका अफगानी नागरिकसमेत शरणार्थीका रूपमा अमेरिका पुगेका छन् । 

यो पनि