जेठ ०५, २०८१, शनिबार
               

अमेरिकामा कोभिड बढेपछि थप कडाई

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

वासिङ्टन । अमेरिकी राष्ट्रपति जोन बाइडेनले कोभिड–१९ नियन्त्रणका लागि विभिन्न नयाँ नियम घोषणा गरेका छन् । डेल्टा भेरिअन्टका कारण अझै पनि दिनँहु ठूलो संख्यामा अमेरिकीको मृत्यु भइरहेका बेला राष्ट्रपति बाइडेनले नयाँ नियम घोषणा गरेका हुन् ।

घोषित नयाँ नियम अनुसार ठूला कम्पनीका सम्पूर्ण कर्मचारीले अनिवार्य खोप लगाएको हुनुपर्ने छ । त्यस्तै, उनीहरुले साप्ताहिक रुपमा आफ्ना कर्मचारीको कोभिड परीक्षण गराउनुपर्नेछ । 

अमेरिकामा ८ अहिले पनि कोरोनाका कारण दैनिक औषतमा दुई हजार जनाको मृत्यु हुने गरेको छ । कोरोनाबाट अमेरिकामा अहिलेसम्म साढे ६ लाख ७४ हजारको मृत्यु भइसकेको छ ।

अहिले दिनहुँ डेढ लाख भन्दाबढी अमेरिकी संक्रमित हुने गरेका छन् । नयाँ नियमले करोडौं अमेरिकी प्रभावित हुनेछन् । अझै पनि अमेरिकामा ८ करोडले कोभिडबिरुद्धको खोप लगाएका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि