बैशाख २४, २०८१, सोमबार
               

मेक्सिकोमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

एजेन्सी । मेक्सिकोमा मंगलबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अकापुल्को सहरनजिकै केन्द्रविन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको हो । मानवीय क्षतिबारे भने जानकारी आएको छैन ।

मेक्सिकोका राष्ट्रपति म्यानुयल लोपेज ओब्राडेरले भूकम्पका कारण चट्टान खसेर पर्खालहरू भत्काएको जानकारी दिएका छन् । उनका अनुसार भूकम्पले ठूलो क्षति भने पुर्‍याएको छैन । ‘धन्न ठूलो क्षति भने भएको छैन ।

भूकम्पका कारण मानवीय क्षति भएको जानकारी अहिलेसम्म आएको छैन,’ उनले भने ।
 


कस्तो लाग्यो ?

यो पनि