बैशाख २४, २०८१, सोमबार
               

बेलारुसका विपक्षी नेतालाई ११ वर्ष कैद सजाय

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

बेलारुसका विपक्षी नेता ११ वर्ष कैद सजाय सुनाइएको छ । बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो । सेप्टेम्बर ६ सोमबारका दिन उक्त फैसला सुनाउँदै बिपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ बर्षको कैद सजाय सुनाइएको छ ।

कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरूद्ध सामूहिक सडक प्रदर्शनको नेतृत्व गरेको थियो । गत वर्ष सम्पन्न निर्वाचनमा धाँधली गरेको भन्दै विरोध गर्दै आएका उनलाई सरकारविरूद्ध कठोर बनेको र राष्ट्रिय हितविपरित काम गरेको अभियोग लगाइएको थियो ।

कोलेस्निकोवा र अर्का विपक्षी नेता म्याक्सिम नाकलाई राजधानी मिन्स्कमा बन्द ढोका पछाडि आयोजित एक सुनुवाईमा चरमपन्थी र ‘असंवैधानिक तरीकाले राज्य सत्ता कब्जा गर्ने’ षडयन्त्र गरेको आरोप लगाइएको छ ।” लुकाशेन्कोको सरकारको विरोधीहरुद्वारा गठित समन्वय परिषद्को एक प्रमुख सदस्य नाकलाई पनि १० बर्ष जेल सजाय सुनाइएको छ । कोलेस्निकोवा, एक संगीतकारबाट राजनीतिमा आएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि