बैशाख २४, २०८१, सोमबार
               

मोदी सरकारको विरोधमा सडकमा उत्रिए भारतीय किसान

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

एजेन्सी । सरकारले हालै ल्याएको नयाँ कृषि नीतिको बिरोधमा लाखौँ कृषकले भारतको उत्तर प्रदेशमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा झन्डै पाँच लाख किसानको सहभागिता थियो ।

किसानले हालै ल्याइएको कृषिसम्बन्धी विवादास्पद कानून फिर्ता गर्न सरकारसँग माग गरेका थिए । सो प्रदर्शन यसअघि गत नोभेम्बरमा अयोजित प्रदर्शन भन्दा पनि विशाल रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

प्रदर्शनका लागि हजारौं किसानलाई बस तथा ट्याक्टरमा राखेर मुजफ्फानगर पु¥याइएको थियो । कृषिसम्बन्धी नयाँ नियमले किसानले आफ्ना उत्पादन बिक्री गर्न सहज पार्ने र उनीहरुलाइ थप स्वतन्त्रता प्रदान गरेको सरकारको दाबी छ । तर, यसले साना किसानलाइ ठूला कर्पोरेशनको पहुँचमा पुग्न कठिनाइ भएको आलोचकहरुले बताएका छन् । 

किसानको प्रदर्शनका कारण मुजफ्फरको सडक अस्तब्यस्त बनेको थियो । प्रदर्शनकारीले राजधानी नयाँ दिल्ली जाने सडक अबरोध गरेका थिए । प्रदर्शनलाई अनियन्त्रित हुनबाट जोगाउन सडकमा हजारौँ प्रहरी तैनाथ गरिएको थियो ।

प्रदर्शनपछि आयोजित सभामा किसान नेताहरुले बर्तमान मोदी सरकार किसानबिरोधी भएको आरोप लगाएका थिए । सरकारले ल्याएको कानूनको बिरोधमा किसानहरुले आगामी २७ देशव्यापी आम हड्तालको घोषणा गरेका छन् । 

उत्तर प्रदेशमा आगामी बर्ष विधान सभा निर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै जाँदा किसानको प्रदर्शनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई धक्का लाग्ने विश्लेषण हुन थालेको छ । 


कस्तो लाग्यो ?

यो पनि