बैशाख २४, २०८१, सोमबार
               

फिलिपिन्सले १० एशियाली मुलुकबाट यात्रामा लगाएको प्रतिबन्ध हटाउने

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

मनिला । अत्यधिक सङ्क्रामक डेल्टा भेरिएन्टको कारण कोभिड–१९ सङ्क्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभएपनि खोपका कारण सङ्क्रमणको भयाबह नभएको निश्कर्षसाथ सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ । 

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा अहिले कोभिड–१९ को यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेका छन् । 

एशियाली यी सबै देशहरूबाट आउने फिलिपिन्स आउने यात्रुहरूका लागि फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले शनिबार बताए । 

रोकले भने, ‘भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरूबाट आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ ।’

फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा बहाकहरूबाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ ।

डेल्टा भेरिएन्टको स्थानीय सङ्क्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ । यहाँ एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरिएन्ट सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये ३३ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले अझैपनि डेल्टा भेरिएन्टको समुदायमा रहेको सङ्क्रमणलाई पुष्टि गर्दै भनेको छ, ‘यो अहिले फिलिपिन्समा फैलिरहेको प्रमुख कोभिड–१९ को समस्या हो । 

फिलिपिन्सले भारतलगायतका यी मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो । अहिले फिलिपिन्समा बढ्दो कोभिड–१९ सङ्क्रमणमध्ये डेल्टा भेरिएन्ट प्रमुख चुनौति देखिएको छ ।

दक्षिणपूर्वी एसियाली यस मुलुकमा शुक्रबारसम्म कुल बीस लाख ४५ हजार ५६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ३३ हजार ८७३ जनाको मृत्यु भएको छ । 

यो पनि