जेठ ०६, २०८१, आइतबार
               

आइडा आँधी : कम्तीमा आठ जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

अमेरिकाको न्यूयोर्क र न्यूजर्सी राज्यमा आइडा नामक आँधी र मुसलधारे वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । खराब मौसम र यसले निम्त्याएका परिणामका कारण न्युजर्सीमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

न्युयोर्क सहरको प्रहरी तथा न्यू जर्सीका अधिकारीले ७ जना न्युयोर्कमा र १ जनाको न्यूजर्सीमा आँधीका कारण ज्यान गएको बताएका छन् ।

आँधीपछि न्युयोर्कमा पछिल्लो ९० वर्षमै विशाल मात्रामा वर्षा भएको जनाएको छ । सेप्टेम्बर १ का दिन दुई राज्यमा इतिहास मै सर्वाधिक वर्षा भएको छ । त्यसको साथै न्यूजर्सीमा आँधीले कैयौँ घरहरूलाई तहस नहस बनाएको छ ।

न्यूयोर्कले पनि पहिलो पटक बाढीको खतरा भएकोले आकस्मिक वर्षाको चेतावनी जारी गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि