जेठ ०६, २०८१, आइतबार
               

कंगोमा युगाण्डाका विद्रोहीहरुले १९ जनाको जलाएर हत्या गरेको आरोप

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । अफ्रिकी मुलुक कंगोमा १९ जनालाई जलाएर हत्या गरिएको छ ।  कंगोको उत्तरी किवु प्रान्तमा पर्ने कासानजी गाउँमा युगाण्डाका विद्रोहीहरुले १९ जनालाई जलाएर हत्या गरिएका हुन्  । घटना घटेको एक दिनपछि शनिबार जलेको शवसहित नजिकैको जंगलमा फेला परेको स्थानीयले जनाएको छ ।

अधिकारीहरुलाई उद्धृत गर्दै बेनी क्षेत्रमा अवस्थित कासानजी गाउँमा युगान्डाका विद्रोहीहरुले आक्रमण गरेको थियो । सो आक्रमणपछि उनीहरु हराएका थिए ।

कासानजी क्षेत्रमा आईएससँग आबद्ध लडाकु समूहले हिंसात्मक गतिविधिलाई तीब्र बनाउँदै लगेको छ । राष्ट्रपति फेलिक्स सिसेकदीले आपतकालीन सुरक्षा उपायहरु अपनाए पनि विद्रोहीहरुले घातक आक्रमणलाई बढाइरहेको अलजजिराले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि