जेठ ०६, २०८१, आइतबार
               

काबुलमा फेरि आक्रमण हुन सक्ने भन्दै राष्ट्रपति बाइडेनले दिए चेतावनी

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा आतंकवादीले फेरि आक्रमण गर्न सक्ने भन्दै चेतावनी दिएका छन् ।

उनले अफगानिस्तानमा रहेका आफ्ना सैन्य कमाण्डहरुले फेरि आक्रमणको सम्भावना रहेको जनाएको राष्ट्रपति बाइडेनले उल्लेख गरेको समाचार यतिबेला धेरै सञ्चार माध्यमले सम्प्रेषण गरेका छन् ।

तालिबानको कब्जामा गएको अफगानिस्तानबाट अमेरिकाले अझै पनि आफ्ना नागरिक, कर्मचारी तथा सहयोगीहरुको उद्धार गरिरहेको छ । तर, बेलायती सैनिकको अन्तिम समूह, कूटनीतिज्ञ तथा अधिकारीहरुले भने काबुल छोडेका छन् ।

यही बिहीबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको मृत्यु भएको थियो । 

सो आक्रमणको जिम्मा इस्लामिक स्टेट–के (आइएस–के) ले लिएको छ । त्यसको जवाफमा अमेरिकाले शुक्रबार अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो ।​ खोरसान प्रान्तमा आइएस–के अखडालाई निशाना बनाइएको आक्रमणमा सो समूहका दुई उच्च सदस्य मारिएको अमेरिकाले जनाएको छ ।

मारिनेहरु काबुल विमास्थल आक्रमणका योजनाकार रहेको अमेरिकी सैनिकको भनाइ छ । अफगानिस्तानमा रहेका मध्ये आइएस–के सबैभन्दा अतिवादी र हिंस्रक बिद्रोही समूह हो । सो समूहको तालिबानसँग गम्भीर मतभेद रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि