जेठ ०६, २०८१, आइतबार
               

आईएसआईएस लक्षित अमेरिकी हमला : काबुल विस्फोटका योजनाकार मारिएको दाबी

नेपाल फ्ल्यास
भदौ १२, २०७८

ADVERTISEMENT

अमेरिकाले अफगानिस्तानमा आईएसआईएसलाई लक्ष्य गरी हवाई हमला गरेको छ ।  हमलामा १९० बढीको जनाको ज्यान जाने गरी बिहीबार काबुलको विमानस्थलमा बम विस्फोट गराउने मुख्य योजनाकार मारिएको दाबी अमेरिकाको छ । आक्रमणमा सर्वसाधारणलाई भने कुनै क्षति नभएको उल्लेख छ । 

अमेरिकाको सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अफगानिस्तानको नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण भएको छ। प्रारम्भिक जानकारीअनुसार ‘टार्गेट’ मारिएका छन् ।’

उनले अगाडि भनेका छन्, ‘आक्रमणमा सर्वसाधारणलाई भने कुनै क्षति भएको छैन ।’

यसअघि, अमेरिकाका राष्ट्रपति जो बाइडेनले विस्फोट गराउनेलाई खोजीखोजी मार्ने चेतावनी दिएका थिए । राष्ट्रपति बाइडेनकै अनुमतिमा आईएसआईएसलक्षित हवाई हमला गरिएको अमेरिकी सेनाले जनाएको छ । 

यसैबिच, काबुलस्थित अमेरिकी दूतावासले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा अझै सुरक्षा खतरा रहेको बताउँदै आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि