बैशाख २०, २०८१, बिहीबार
               

भारतमा सवै राज्यलाई अगस्तभर थप दुई करोड डोज खोप उपलब्घ गराइने

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

सांकेतिक
ADVERTISEMENT

भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा बढी खोप उपलब्ध गराइने बुधवार जानकारी दिएका छन् । 

केन्द्र सरकारले सबै राज्यका शिक्षकलाई आगामी ५ सेप्टेम्बरमा मनाइने शिक्षक दिवसभन्दा पहिले सबै विद्यालयका शिक्षकलाई खोप लगाउने प्रयास गर्न अनुरोध गरेको पनि स्वास्थ्य मन्त्री माण्डभिया ट्वीटरमार्फत बताएका छन् ।

यस महिनामा प्रत्येक राज्यलाई दुई करोडभन्दा बढी कोरोनाभाइरस विरुद्धको खोप र अतिरिक्त खुराक उपलब्ध गराउने योजना भएको उहाँले थप जानकारी दिएका छन् ।

त्यसैगरी भारतमा अगस्ट २४ सम्म कुल ५९ करोड ५५ लाख चार हजार ५९३ डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइसकिएको छ । पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यसैसँगै भारतमा कुल सङ्क्रमितको संख्या तीन करोड २५ लाख १२ हजार ३६६ जना पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ६४८ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ३५ हजार ७५८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

 मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३४ हजार १६९ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख ५४ हजार २८१ पुगेको सो मन्त्रालयले जनाएको छ । यहाँ हाल ९७.६७ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि