जेठ ०६, २०८१, आइतबार
               

चीनमा अंगालोमा बेरिएकाे १५ सय वर्ष पुरानो अस्थिपञ्जर फेला

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

चीनका पुरातत्वविद्हरुले पन्ध्र सय वर्षअगाडि पुरुष र महिलालाई एउटै चिहानमा गाडेको अस्थिपञ्जर फेला पारेका छन् । दुबै जनाको अस्थिपञ्जर अंगालोमा बेरिएको अवस्थामा देखिन्छ ।

मृत्यु हुने बेला पुरुष २९ देखि ३५ वर्ष भएको र उनको पाखुरा भाँच्चिएको, दाँया हातको चोर औला नभएको पुरातत्वविदहरले अनुमान गरेका छन् । त्यस्तै,  मृत्यु हुने बेलामा  महिलाको उमेर अन्दाजी ३५ देखि ४० वर्षसम्मको हुन सक्ने र उनले बायाँ हातमा औँठी लगाएको अनुमान गरिएको छ । चीनको सान्सी प्रान्तमा माटो खन्ने क्रममा उनीहरुको संयुक्त चिहान देखिएको हो ।

महिला र पुरुषको एउटै चिहानमा कसरी अन्त्यष्टि भयो भन्ने बारेमा प्रष्ट हुन सकेको छैन् । आफ्ना मृत श्रीमानको पीडाले महिलाले पनि देह त्याग गरेको हुन सक्ने अनुमान गरिएको छ ।

यस्तो चिहान चिनियाँ इतिहासमै पहिलो पटक भेटिएको बताइएको छ । चिहानले चीनको नर्थ वी वंशले शासन गरेको समय (३८६–५३४ एडी) मा प्रेम र त्यागलाई प्रतिनिधित्व गर्ने जनाइएको छ ।

चिहानको तस्बिरले ‘पहिलो सहश्राब्दीको समयमा चिनियाँ संस्कृतिको स्वतन्त्र अभिव्यक्ति र प्रेमको सक्रीय खोजी’ लाई उजागर गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

चिहानमा मानिसको मायाको आवेगको अनौठो प्रदर्शन झल्किएको छ । चिहानको अस्थिपञ्जरले  उत्तरी चीनमा त्यतिबेला प्रेमप्रति मानिसको धारणाको दुर्लभ दृष्टिकोणलाई प्रतिबिम्ब गरेको छ । चिहाननजिक  केही माटाका सामाग्री पनि फेला परेका थिए । न्युज कारखाना


कस्तो लाग्यो ?

यो पनि