जेठ ०६, २०८१, आइतबार
               

६२८ खर्ब वटा अंकमा π को मान निकालेर स्वीस वैज्ञानिकले बनाए विश्व रेकर्ड

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

एजेन्सी । एक गणितीय अचरको रुपमा रहेको ग्रिक अक्षर π (पाई)को मान २२ भागा ७ हुन्छ । वास्तवमा पाई भनेको कुनै पनि वृत्तको परिधि र ब्यासको अनुपात हो ।

हिसाब गर्दा पाइको मानलाई छोटकरीमा ३.१४१६ पनि लेखिन्छ । तर पाईको वास्तविक मान निकाल्नुपर्दा ७ अंकले २२ अंकलाई भाग गर्दा निशेष भाग नजाने भएको हुँदा अनन्तसम्म भाग गरिरहनु पर्दछ । हालै स्विजरल्याण्डका वैज्ञानिकहरुले यसरी २२ अंकलाई ७ ले सबैभन्दा धेरैपटक भाग गरी पाईको अहिलेसम्मकै ठूलो तथा शुद्ध मान पत्ता लगाएका छन् । उनीहरुले ६ सय २८ खर्बवटा अंकमा पाइको मान निकालेर विश्व कीर्तिमान कायम गरेका हुन् ।

स्विजरल्याण्डको युनिभर्सिटी अफ एप्लाइड साइन्सेज ग्राउबुन्डेनका शोधकर्ताहरुको एक टिमले यसअघिको ५ सय खर्ब अंकको कीर्तिमान भंग गर्न सफल भएका हुन् । पाईको मान ५०० खर्ब अंकमा निकालेर यसअघि टिमोथी मुल्लिकानले विश्व कीर्तिमान राखेका थिए ।

स्वीस गणितज्ञको टोलीले पाईको कीर्तिमानी मान निकाल्नका लागि १०८ दिन ९ घण्टा लगायो । पाइको मान निकाल्नका लागि उनीहरुले ३२ कोर प्रोसेसर, १ टिबी र्‍याम तथा वाई क्रन्चर प्रोग्राम भएको सुपर कम्प्युटरको प्रयोग गरेका थिए । त्यसमा ३८ वटा हार्ड ड्राइभ प्रयोग भएको थियो जहाँ हरेक हार्ड ड्राइभको क्षमता १६ टिबी थियो । त्यसमध्ये ३४ वटा हार्डड्राइभहरु प्रोसेसिंगमा प्रयोग भएका थिए भने ४ वटा पाइको नयाँ मान भण्डारण गर्न प्रयोग भए ।

स्वीस वैज्ञानिकहरुको यो कीर्तिमानलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले मान्यता दिन भने बाँकी नै छ । मान्यता पाएसँगै आधिकारिक रुपमा पाइको नयाँ मान प्रकाशित गर्ने योजना विश्वविद्यालयको छ ।


कस्तो लाग्यो ?

यो पनि