बैशाख १८, २०८१, मंगलबार
               

तालिबानले भारतीय दूतावासको तलासी गरेको भारतको आरोप

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

दिल्ली । अफगानिस्तानमा तालिबानले बुधबार कान्दहार र हेरातस्थित बन्द गरिएका भारतीय दूतावासको तलासी गरेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले दाबी गरेको छ । 

पत्रिकाका अनुसार तालिबान दूतावासमा लगाइएको ताल्चा फोडेर भित्र घुसेका थिए । कान्दहार दूतावासमा दस्तावेजका लागि दराजको खोजी गरे र दुबै दूतावासमा राखिएका गाडी लिएर गएको जानकारीमा उल्लेख छ ।

हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार काबुलको राज्यको गुप्तचर संस्था एनडीएसका लागि काम गर्ने अफगानीको अनुसन्धान गर्न घर–घर गएर तलासी लिइँदैछ । 

यस्तै जलालाबाद र काबुलको वाणिज्य दूतावासमा के भइरहेको छ यसको जानकारी उपलब्ध छैन । 
रिपोर्टका अनुसार हक्कानी नेटवर्कका करिब ६० हजार लडाकूले राजधानी काबुललाई कब्जामा लिएको छ । यसको नेतृत्व अनस हक्कानीले गरिरहेका छन् जो हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ हुन् । 

अनस हक्कानीले अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजाई र एचसीएनआरका प्रमुख अब्दुल्ला अब्दुल्लासँग भेटघाट गरेका छन् । यसले यो पनि बताउँछ कि करजई र अब्दुल्लाको गतिविधिमा तालिबानको प्रतिबन्ध र नियन्त्रण छ । 

करजई र अब्दुल्लासँग तालिबानका नेता मुल्ला अब्दुल गनी बरादरलाई राष्ट्रपति निवासमा एक कार्यक्रमका बेला औपचारिक रुपमा सत्ता सुम्पिने हो कि भन्ने विषयमा  कुराकानी चलिरहेको छ । सिराजुद्दीन हक्कालीले क्वेटाबाट निर्देशन जारी गर्ने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि