जेठ ०६, २०८१, आइतबार
               

भारतको उत्तराखण्डमा कांग्रेसद्वारा बेरोजगार नामावली दर्ता अभियान

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

देहरादुन । भारतको उत्तराखण्डमा कांग्रेस पार्टीले बेरोजगारहरूको नामावाली दर्ता अभियान चलाउने भएको छ । पार्टीका प्रदेश प्रमुख देवेन्द्र यादवले यही अगस्त २० देखि यो अभियान सुरु गर्ने तय भएको बिहीबार जानकारी दिए । 

पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री राजीव गान्धीको जन्मजयन्तीको अवसर पारेर यस्तो अभियान सुरु गरिएको उनको भनाइ छ । नेता गान्धीको १९४४ अगस्त २० मा जन्म भएको थियो भने १९९१ को मे २१ मा हत्या भएको थियो । 

उनको सम्मान र सम्झनामा युवाहरूलाई राज्यसँग जोड्ने उद्देश्यले बेरोजगारहरूको नामावली दर्ता अभियान चलाउन थालिएको यादवले बताए । अभियानमा कांग्रेसका प्रदेश प्रमुख यादवसहित प्रदेश अध्यक्ष गणेश गोदियाल, विपक्षी दलका नेता प्रितम सिंह र पूर्वमुख्यमन्त्री हरिश रावतले नेतृत्व गर्ने भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि