बैशाख १५, २०८१, शनिबार
               

नाइजरमा २३ बालबालिका मारिए

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

दक्षिण अफ्रिकी राष्ट्र नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । 

देशको तिल्लाबेरी क्षेत्रमा घटनामा २३ जना बालबालिका तथा चार महिला रहेको अधिकारीहरुले जानकारी दिएका छन् । घटना सोमबारको भए पनि बिहीबार मात्रै सार्वजनिक भएको हो । 

बालबालिकामाथि भएको आग्रमणप्रति संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले कडा आपत्ति जनाएको छ । युद्धसँग असम्बन्धित र हतियारविहीन मानिसमाथि अनाहकमा आक्रमण हुनु मानव अधिकारको ठाडो उल्लङ्घन भएको युनिसेफको भनाइ छ । 

‘बालबालिकाको हत्या अक्षम्य अपराध हो, निकृष्ट अपराध हो, यस्ता घटना आगामी दिनमा नदोहोरियोस् भन्ने चेतावनी दिन चाहन्छौँ,’ युनिसेफद्वारा जारी वक्तव्यमा भनिएको छ ।  

नाइजरको तिल्लाबेरीमा यो वर्ष सन् २०२१ मा मात्रै अहिलेसम्म तीन पटक आक्रमण भइसकेको छ । यो क्षेत्र बालबालिकाका लागि अति खतरापूर्ण देखिएको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि